२ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइते
Read the full story at Nepal Khabar

बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। घटनामा ३ जना गम्भीर र १ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका- ५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा भे.५ प ९१६१ र भे.११ प ८५६७ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा गुलरिया नगरपालिका-११ बस्ने २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो। यस्तो छ घाइतेहरूको विवरण १. भे.११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बर्दिया बारबर्दिया नगरपालिका ३ बानियाभार बस्ने २५ वर्षीय आशिष थारु।
टाउकोमा चोट लागी अवस्था गम्भीर। २. सोही मोटरसाइकलमा पछाडि सवार बर्दिया बाँसगढी नगरपालिका ७ बस्ने १८ वर्षीय रमन थारु । टाउको र मुखमा सामान्य चोट लागी कौशिल्या अस्पताल बाँसगढीमा उपचारपश्चात् डिस्चार्ज भई सकेको। ३.
भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ बस्ने १८ वर्षीय सहाबुदिन खान। टाउको र अनुहारमा चोट लागी अवस्था गम्भीर। ४. सोही मोटरसाइकलमा पछाडि सवार भारतको लौकाइ बस्ने २०/२२ वर्षीय जमाल खान । टाउको, मुख र अनुहारमा चोट लागी अवस्था गम्भीर।
More politics
- भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाहNepal Khabar
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar