गगनलाई प्रकाशशरणको प्रश्न : अरूमाथि आरोप लाग्दा पद छाड्नुपर्छ भन्नेले आफूमाथि लाग्दा ?
Read the full story at Thaha Khabar

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति गगन थापाप्रति असन्तुष्टि जनाउँदै अरूमाथि आरोप लाग्दा पद छाड्नुपर्ने बताउनेले आफूमाथि आरोप लाग्दा के गर्छन् भन्दै प्रश्न गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महतले विगतमा पार्टीका नेताहरूमाथि आरोप लाग्दा उनीहरूलाई पदबाट हटाउनुपर्ने आवाज उठाउनेहरू अहिले आफूमाथि आरोप लाग्दा भने फरक व्यवहार देखाइरहेको टिप्पणी गरे।
‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, अरूलाई सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ,’ उनले भने। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सभापति थापामाथि बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको प्रसंगमा महतले यस्तो टिप्पणी गरेका हुन्। उनले कांग्रेसलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए।
विशेष महाधिवेशन पक्षधरहरूले पार्टीमा विचार, विधान र राजनीतिक संस्कारलाई प्राथमिकता नदिएको उनको आरोप थियो। महतले कांग्रेसमा विगतदेखि नै प्रतिस्पर्धा, बहस र फरक मतलाई स्वीकार गर्दै सबैको भावना र दृष्टिकोण समेटेर निष्कर्षमा पुग्ने परम्परा रहेको स्मरण गरे। तर पछिल्लो समय पार्टीमा संस्कार, विचार र विधानको पालना कमजोर हुँदै गएको उनको भनाइ थियो।
More politics
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- ‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्Nepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar