टिकट वितरणमा आर्थिक लेनदेन गर्नेलाई कारबाही हुन्छ: रवि लामिछाने
Read the full story at Nagarik News

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको विधि र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्। जनकपुरधाममा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको मुख्य उद्देश्य गरिब तथा विपन्न बस्तीमा शिक्षा, स्वास्थ्य र रोजगारी पुर्याउनु रहेको स्पष्ट पारे।
लामिछानेले जनताको विश्वासमाथि तुषारापात हुन नदिने प्रतिबद्धता जनाउँदै अब आश्वासनभन्दा पनि परिणाममुखी काममा केन्द्रित हुने बताए। उनले आफ्नो पार्टी सरकारमा रहे पनि वा प्रतिपक्षमा रहे पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने नीति लिने उल्लेख गरे।
जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले आफूहरू जे बोल्छन् त्यही गर्ने दाबी गरे। रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन जनकपुरधाम पुगेका थिए र कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
In English
Those involved in financial transactions during ticket distribution will be punished: Rabi Lamichhane
Rastriya Swatantra Party Chairman Rabi Lamichhane has warned that anyone involved in financial transactions in the name of ticket distribution, contrary to the party's rules and procedures, will be punished. Speaking at a Chhath festival greeting exchange program held in Janakpurdham, he clarified that his party's main objective is to provide education, health, and employment to poor and marginalized settlements. Expressing his commitment not to let the public's trust be betrayed, Lamichhane stated that he will now focus on result-oriented work rather than mere assurances. He mentioned that whether his party is in government or in opposition, it will adopt a policy of supporting the right work and opposing the wrong. Emphasizing the need to work according to the people's expectations, he claimed that they do what they say. RSP Chairman Lamichhane and his spouse had reached Janakpurdham to celebrate the Chhath festival, and there was a thick presence of party leaders and workers at the program.
Machine translation — the original above is the story as filed.
More business
- चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकरNepal Khabar
- फोन ठगी नियन्त्रण गर्न अब रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्यRatopati
- इनम सापकोटासँग आर्थिक कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउBizmandu
- कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदैOnlinekhabar (Nepali)
- करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेदOnlinekhabar (Nepali)
- Reaching Finishing Line': S Jaishankar On India-US Trade Deal NegotiationsNDTV