Skip to main content
अर्थतन्त्रRatopati

फोन ठगी नियन्त्रण गर्न अब रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य

Read the full story at Ratopati

फोन ठगी नियन्त्रण गर्न अब रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य

रुस । फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ । रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, देशका चार ठूला दूरसञ्चार सेवा प्रदायक र प्रमुख बैंकहरू कल गर्ने संस्थाको पहिचान देखाउने प्रणाली लागू गर्न सहमत भएका छन् ।

यससम्बन्धी आवश्यक सम्झौतामा उनीहरूले हस्ताक्षरसमेत गरिसकेका छन् । नयाँ व्यवस्थाअनुसार, कुनै बैंकबाट ग्राहकलाई फोन आउँदा मोबाइलको स्क्रिनमा सम्बन्धित बैंकको नाम देखिनेछ । यसले फोन गर्ने व्यक्ति वा संस्थाको पहिचान गर्न सहज बनाउनुका साथै बैंकका कर्मचारी भएको बहाना बनाएर ठगी गर्ने प्रयासलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले यस सम्झौतालाई नागरिकलाई फोनमार्फत हुने ठगीबाट जोगाउन र विभिन्न संस्थाबाट आउने फोन कलप्रति सर्वसाधारणको विश्वास बढाउन चालिएको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । फोन ठगी नियन्त्रण गर्ने व्यापक अभियानअन्तर्गत रुसले यसअघि नै कम्पनी तथा व्यक्तिगत उद्यमीबाट गरिने फोन कलमा अनिवार्य रूपमा कल गर्ने संस्थाको पहिचान खुलाउनुपर्ने व्यवस्था लागू गरिसकेको छ । उक्त व्यवस्था सन् २०२५ सेप्टेम्बर १ देखि कार्यान्वयनमा आएको हो ।