कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै
Read the full story at Onlinekhabar (Nepali)

कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ । २८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान महिनाभर चल्नेछ ।
अभियान वडा तहसम्म पुग्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘नयाँ अभियान सुरु गर्दैछौं । हामी लोकतन्त्र बचाउन तयार छौं । कांग्रेस रूपान्तरण गर्न तयार छौं ।
हामी सारा विभेदहरू अन्त्य गर्ने गरी संघर्ष गर्न तयार छौं,’ पौडेलले भने, ‘हामी तयार छौं भन्ने अभियानअन्तर्गत मंसिर १ गतेदेखि हाम्रा कार्यक्रमहरू सबै जिल्लामा, सबै वडा तहमा सुरु हुन्छन् । ’ कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ । अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित झण्डै तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने कांग्रेसको तयारी छ ।
More business
- चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकरNepal Khabar
- करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेदOnlinekhabar (Nepali)
- Reaching Finishing Line': S Jaishankar On India-US Trade Deal NegotiationsNDTV
- प्रहरी, कर्मचारी, कार्यकर्ता र नागरिकप्रति ओलीको असन्तुष्टिSetopati
- घन्टीकर : देश विकासको मूल आधारRatopati
- नेपाल टेलिकमको खुद मुनाफामा ३७.३५ प्रतिशतको उछाल, प्रथम त्रैमासिकमा १ अर्ब ८२ करोड कमायोDC Nepal