Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

Read the full story at Onlinekhabar (Nepali)

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् । २८ कात्तिक, काठमाडौं । १२ असोजमा दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमको आधारमा ३२ वटै खेलको उमेर हद कायम गर्‍यो ।

जसमा विश्व कराते महासंघको नियमअनुसार करातेतर्फ कातामा कम्तीमा १६ वर्ष र कुमुतेमा कम्तीमा १८ वर्ष हुनुपर्ने व्यवस्था गरियो । तर, २२ असोजमा करातेमा कुनै पनि उमेर समूह आवश्यक नपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश खेलकुद परिषद्लाई पत्र पठायो । दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिको कार्यादेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमानुसार खेल सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

त्यसैबेला कराते महासंघका अध्यक्ष युवराज लामाले सामाजिक सञ्जालमार्फत नै जिल्ला तथा प्रदेश विश्व कराते महासंघ र एसियन कराते महासंघको नियमअनुसार गर्न निर्देशन जारी गरे । दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिका संयोजक धनिराम चौधरी सुरुमा विश्व कराते महासंघको नियमअनुसार उमेर हद कायम गरिएको भएपनि नेपाल कराते महासंघका महासचिव दाबा गुरुङको पत्रपछि हटाइएको बताउँछन् । ‘पहिलो विश्व कराते महासंघको नियमअनुसार राखेका थियौं ।