Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

Read the full story at Onlinekhabar (Nepali)

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् ।

विजयादशमी र तिहारपछि तराई–मधेशमा छठ पर्वको माहोल घरआँगनमा भित्रिइसकेको उल्लेख गर्दै उनले यसपटकका चाडपर्वहरू उल्लासपूर्ण हुन नसकेको बरू लाखौं नेपालीका ओठमा मुस्कान नभएर आँशु र वियोगका रेखाहरू मात्र कोरेको बताएका छन् । भोटेकोशी र त्रिशूली करिडोरका बाढीपहिरो पीडितहरूले बिछोड र विचल्लीको पीडामा बाँचिरहेको ७५ दिन बितिसकेको उल्लेख गर्दै उनी लेख्छन्, ‘तर, लज्जाको विषय, राज्यको तन्त्र अझै प्रकारान्तरले निदाएको छ, पुनर्निर्माणको एउटा ठोस कार्ययोजनासम्म बाहिर आउन सकेको छैन । यो समयसीमा केवल घडीको काँटाको गति होइन, यो सिंहदरबारको अक्षमता, सुस्तता र अकर्मण्यताको एउटा नांगो र ज्वलन्त उदाहरण हो ।

’ सिंहदरबार वा जिल्ला सदरमुकामका कोठामा एसीको हावा खाँदै, धर्तीको पीडा नबुझ्ने केही व्यक्तिहरूद्वारा तयार पारिने ‘टप–डाउन’ नीति अब पूर्ण रूपमा खारेज हुनुपर्ने उनको आग्रह छ । ‘कोठामा बसेर लादिएका यस्ता असफल र परम्परागत मोडलहरूले कहिल्यै स्थानीय जनताको मर्म बुझ्न सक्दैनन् ।