Skip to main content
राजनीतिNepal Khabar

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

Read the full story at Nepal Khabar

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा यसबारे छलफल भएको छ। छलफलमा त्रिविका उपकुलपति प्रा.डा. भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अन्जना सिंह, रजिस्ट्रार डा.

रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए। छलफलमा त्रिविको संस्थागत ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको छ। यससँगै शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्ने विषय उठाइएको थियो।

शिक्षामन्त्रीका सल्लाहकार झाले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।