भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारी
Read the full story at Nepal Khabar

उनीहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावकविहीन बनेका बालबालिकालाई सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था सरकारले गर्ने सहमति भएको हो। सहमति जुटेसँगै मृतकको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये पाँच जनाको गएराति नै पोस्टमार्टम गरिएको थियो।
दुर्घटनामा ज्यान गुमाएका चालकको पोस्टमार्टम सकिएपछि परिवारले शव बुझेर लगिसकेको छ। बाँकी नौ जनाको अहिले पोस्टमार्टम भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आवश्यक क्षतिपूर्ति दिने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोगको जिम्मेवारी लिने र पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा सरकारले जिम्मेवारी लिने सहमति भएको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका यात्रु दुर्घटनामा परेका थिए।
More politics
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारीNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- सुदूरपश्चिमको धारिलो बलिङ सामना गर्दै काठमाडौं (तस्बिरहरू)Nepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar