जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने छ : मन्त्री चौधरी
Read the full story at Thaha Khabar

टर्किए : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुख्र्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासङ्घले कोप–३१ का सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र विपद्का कारण आदिवासी जनजाति समुदायको थातथलो, संस्कृति र परम्परागत जीवनशैलीमा परेको असरलाई जलवायु अनुकूलन तथा विकासका योजनामा समेट्नुपर्ने बताइन्।
आदिवासी जनजाति समुदायको आन्दोलन र समावेशिताका लागि भएका सङ्घर्षको उपलब्धिस्वरूप आफू जिम्मेवारीमा पुगेको उल्लेख गर्दै उनले समुदायका मुद्दा उठाउन आफू प्रतिबद्ध रहेको बताइन्। अन्तरराष्ट्रिय वार्ता तथा उच्चस्तरीय बैठकमा उठाउनुपर्ने विषय र सुझाव समयमै उपलब्ध गराउन आग्रह गर्दै उनले ती मुद्दालाई आफ्नो मन्तव्य र वार्तामा समेट्ने प्रतिबद्धता जनाइन्।
In English
I will raise indigenous issues with priority in climate talks: Minister Chaudhary
Türkiye: Minister of Agriculture, Forests and Environment Geeta Chaudhary has expressed her commitment to strongly raise the issues of rights, identity, culture, and protection of ancestral lands of indigenous communities affected by climate change at national and international forums. In a discussion organized here today by the Nepal Federation of Indigenous Nationalities in the context of COP-31, Minister Chaudhary stated that the impact of climate change and disasters on the ancestral lands, culture, and traditional lifestyles of indigenous communities must be included in climate adaptation and development plans. Mentioning that she reached this position as a result of the movement of indigenous communities and the struggles for inclusivity, she said she is committed to raising the issues of the community. Requesting that the issues and suggestions to be raised in international talks and high-level meetings be provided in a timely manner, she pledged to include those issues in her statements and negotiations.
Machine translation — the original above is the story as filed.
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको मागRatopati
- सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जानेRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरणDC Nepal