९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’
Read the full story at Onlinekhabar (Nepali)

नेपाल राष्ट्र बैंकका अनुसार स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम एन्टिस्क्याम सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणको काम सुरु गरेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा सुरु भएको उक्त सेवाका लागि ३० जनशक्तिले चौबिसै घण्टा काम गरिरहेका छन् । सेन्टरले अनलाइन मार्फत ठगी गरिएको रकम स्क्यामरले विभिन्न बैंकमा ट्रान्स्फर गराएको अवस्थामा रोक्का राख्ने काम गरेको नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलले बताए ।
‘अहिले १५ मिनेटमै ९ वटा लेयरसम्म रोकिसकेका छन्,’ पौडेलले भने, ‘त्यहाँ २० वटा बैंक अनि खल्ती र ईसेवाका प्रतिनिधि बसेका छन्, ९ वटा लेयरसम्म रोक्न सफल भएका छन् । ’ उनका अनुसार सेन्टरको हटलाइन १२४७ मा फोन गरेपछि सबै बैंकहरू त्यहीँ बसेका काराण स्क्यामरले ठगेको रकम ट्रान्स्फर भएका बैंक खातामा रोकेका छन् । स्क्याममा परेकाले १२४७ मा फोन गरेपछि त्यहीँबाट कारबाही सुरु हुन्छ । अहिले पैसा रोक्ने काममात्र भएको पौडेलले बताए ।
रकम फिर्ता गर्ने विषयमा भने राष्ट्र बैंकले चोरेको पैसा फिर्ता गर्न किन अझै सर्कुलर जारी नगरेको होला भन्ने प्रश्न उठेको थियो । तर, फिर्ता गर्न सर्कुलर आवश्यक नपर्ने उनले बताए ।
More politics
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar