काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार
Read the full story at Onlinekhabar (Nepali)

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो । २१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार तेस्रो जित हात पारेको छ । डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।
काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४५ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो सिजन च्याम्पियन बन्दा लगातार ६ खेल जितेको लुम्बिनी यस सिजन सुरुवाती चार खेलमा अपराजित थियो । तर काठमान्डुविरुद्ध ब्याटिङ कोल्प्याप्स हुँदा लुम्बिनीले एनपीएलमा १० खेलपछि पहिलो हार बेहोरेको थियो ।
हारका बाबजुत पनि लुम्बिनी ५ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ । पहिलो खेल हारेपनि लगातार तीन जित हात पारेको काठमान्डु ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट सुदूरपश्चिम रोयल्सको समान ६ अंक भएपनि काठमान्डु रनरेटमा अघि छ । १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले खराब सुरुवात गर्दा पावर प्ले भित्रै ६ विकेट गुमाएको थियो ।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar