वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह
Read the full story at Ratopati

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गरेकी छन्। मन्त्री चौधरीले नेपालले वार्षिक ६ लाखदेखि ८ लाख मेट्रिकटनसम्म रासायनिक मल आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पश्चिम एसियामा भएको द्वन्द्वका कारण युरियाको मूल्य प्रतिमेट्रिकटन ५१९ अमेरिकी डलरबाट बढेर ९०० अमेरिकी डलर पुगेको बताउनुभयो ।
मलको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावले नेपालको कृषि उत्पादन र खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो। “नेपालमा एकातिर रासायनिक मल आयातमा ठूलो रकम खर्च भइरहेको छ भने अर्कोतर्फ उपयोग हुन नसकेर स्वच्छ जलविद्युत् खेर गइरहेको छ। यस्तो अवस्थामा जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन उत्पादन र त्यसबाट हरित युरिया निर्माण गर्न सकिन्छ,” मन्त्री चौधरीले भनिन्।
उनले नेपालले सन् २०२४ मा हरित हाइड्रोजन नीति स्वीकृत गरिसकेको बताइन्। हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एसियाली विकास बैङ्क (एडिबी), जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई नेपालको पहिलो हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरिन्।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- The planet ‘is being killed’, Greta Thunberg tells Cop31 climate summitThe Guardian
- के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?Ratopati
- डमरु भनेर उठाए, वन बिरालाका छाउरा निस्केपछि फेरि खेतमै लगेर छाडेRatopati
- कञ्चनपुरमा सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेलाRatopati
- न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?Ratopati