Skip to main content
वातावरणRatopati

न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?

Read the full story at Ratopati

न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। सो घटनामा तीन अग्नि नियन्त्रकसहित कम्तिमा १७ जना घाइते भएका छन्। न्युयोर्कका मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘क्षतिलाई शब्दमा वर्णन गर्न सकिँदैन। ’ उद्धारकर्मीहरूले रातभर उद्धार कार्य सञ्चालन गर्दै फसेकाहरूलाई खोज्न र बचाउन प्रयास गरेको मेयर ममदानीले बताएका छन् । उनले भनेका छन्, ‘८ जना न्यूयोर्कवासीले ज्यान गुमाएका र कम्तीमा १७ जना घाइते भएकोमा म गहिरो दुःखी छु। आफ्ना प्रियजन गुमाएकाहरूका परिवार र प्रियजनहरूलाई मेरो समवेदना छ।

म घाइते र प्रभावितहरूको परिवारसँग उभिएको छु। ’ न्यूयोर्कको अग्नि विभागले बुधबार साँझ ४ बजेतिर ब्रुकलिन भवन भत्किएको रिपोर्ट प्राप्त गरिएको जनाएको छ । सन् १९३० मा बनेको उक्त भवनमा चार वटा अपार्टमेन्ट थिए।