डमरु भनेर उठाए, वन बिरालाका छाउरा निस्केपछि फेरि खेतमै लगेर छाडे
Read the full story at Ratopati

असम । भारतको असम राज्यस्थित तेङ्गाखातमा धानखेतबाट उद्धार गरिएका तीन वटा बच्चा बाघका डमरु नभई वन बिरालाका छाउरा भएको पुष्टि भएको छ । नोभेम्बर ११ बुधबार बिहान नाकारी नियोगचुक गाउँको धानखेतमा स्थानीय बासिन्दाले तीनवटा साना जनावर देखेका थिए । पछिल्ला केही दिनदेखि गाउँ वरपर बाघ देखिएको भन्दै स्थानीय त्रसित रहेकाले उनीहरूले ती बच्चा बाघका डमरु भएको ठहर गर्दै वन विभागलाई खबर गरिएको थियो ।
सूचनापछि घटनास्थल पुगेको वन विभागको टोलीले तीनवटै बच्चाको उद्धार गरेको थियो । तर, डिब्रुगढ डिभिजनका वन अधिकारी नन्द कुमारका अनुसार घटनास्थलमा जाँच गर्दा ती बाघका डमरु नभई वन बिरालाका छाउरा भएको पुष्टि भयो । उनका अनुसार तीनवटै छाउरा स्वस्थ थिए र खेतमै खेलिरहेका थिए । उनीहरूकी आमा आसपासमै हुन सक्ने भएकाले अन्यत्र लैजाँदा आमासँग पुनर्मिलनमा बाधा पुग्न सक्ने भन्दै वन विभागले उनीहरूलाई भेटिएकै स्थानमा पुनः छाड्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा गाउँ आसपास बाघको गतिविधि देखिएको खबरले स्थानीयमा त्रास बढाएको थियो । विशेषगरी बाघले बच्चा हुर्काइरहेको समयमा मानिसको गतिविधि नजिक हुँदा आमा बघिनी आक्रामक हुन सक्ने सम्भावना रहेकाले पनि वन विभागले ति बच्चाको उद्दार गर्नुपरेको थियो ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- The planet ‘is being killed’, Greta Thunberg tells Cop31 climate summitThe Guardian
- के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?Ratopati
- कञ्चनपुरमा सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेलाRatopati
- वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रहRatopati
- न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?Ratopati