Skip to main content
वातावरणNepal Khabar

हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनाल

Read the full story at Nepal Khabar

हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत बिहीबार टर्कीको अन्ताल्यामा आयोजित 'पर्वतीय एजेन्डालाई अगाडि बढाउनेः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत हिमनदी, हिउँमण्डल र लचिलोपन' विषयक छलफलमा खनालले बोलेका हुन्।

उनले हिमनदी पग्लिने, हिउँमण्डल खुम्चिने र पर्वतीय क्षेत्रमा विपद्को जोखिम बढ्ने क्रमले विश्वकै जल सुरक्षा र खाद्य सुरक्षामा चुनौती थपेको बताए। 'जब हिमालहरू सङ्कटमा हुन्छन्, तब सिङ्गो मानवता सङ्कटमा पर्छ,' खनालले भने, 'हजारौँ वर्षमा बनेका हाम्रा हिमनदी र हिमाली चुचुरा मानव जीवनकालभित्रै तीव्र गतिमा परिवर्तन भइरहेका छन्।

यसको असर हिमालमा मात्र नभई नदी प्रणाली, अर्थतन्त्र र पारिस्थितिकीय प्रणाली हुँदै समुद्रसम्म पुग्छ। ' पृथ्वीको कूल जमिनको करिब २७ प्रतिशत भूभाग ओगटेका हिमाल विश्वका प्रमुख ताजा पानीका स्रोत भएको उल्लेख गर्दै उनले कृषि, स्वच्छ ऊर्जा, जैविक विविधता र जल सुरक्षामा हिमाली क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए।