नाराबाजीसहित सरकारको राजीनामा माग
Read the full story at Nagarik News

करिब एक महिनापछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो। शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट सांसदहरूलाई धारणा राख्न विशेष समय छुट्याइएको थियो। तर बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले बजेटको विरोध गर्दै सरकारको राजीनामा मागेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
आधा घण्टापछि पुनः बस्नुपर्ने बैठक सभामुखकै निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार सुरुमा प्रतिपक्षी दलको अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर निर्धारित समयमा बैठक सञ्चालन हुन नसकेपछि सभामुखकै निर्देशनमा अनिश्चितकालका लागि स्थगित गरिएको हो। बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विक्रम धामीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए।
उनले अपुरो, अधुरो र अपर्याप्त बजेट ल्याएको भन्दै सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे। ‘अर्थमन्त्री स्वयंले बजेट गलत भएको आशयको लामो वक्तव्य दिनुभएको छ।
More politics
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar