उत्तरी नाइजेरियामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच झडप, ५० भन्दा बढीको मृत्यु
Read the full story at Ratopati

नाइजेरियाको उत्तरपश्चिमी राज्य जामफारामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच भएको झडपमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय बासिन्दाहरूले शनिबार एएफपीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४४ जना सशस्त्र समूहका सदस्य र नौ जना स्थानीय सुरक्षा दस्ताका सदस्य रहेका छन् । स्थानीय स्रोतहरूका अनुसार, छिमेकी गुम्मी जिल्लाबाट केही व्यक्तिलाई अपहरण गरी गाउँ हुँदै गइरहेका डाँकाहरूलाई बुक्कुयुम जिल्लाको जोमा गाउँका स्थानीय सुरक्षा दस्ताले बिहीबार बाटो ढुकेर आक्रमण गरेका थिए ।
गाउँका एक प्रमुखले आफ्नो परिचय गोप्य राख्ने सर्तमा भने, “हाम्रा सुरक्षा दस्ताले ४४ जना डाँकाहरूलाई मारेका छन् । यस भिडन्तमा हाम्रा नौ जना सुरक्षा दस्ताका सदस्यले पनि ज्यान गुमाएका छन् । ” व्यक्तिगत सुरक्षाको कारण देखाउँदै ती प्रमुखले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।
अन्य दुई स्थानीय बासिन्दाले पनि घटनाको पुष्टि गर्दै झडपमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको बताएका छन् ।
More politics
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar