जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवा
Read the full story at Nepal Khabar
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्। शनिबार ललितपुरमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र बीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको बताए।
उनले आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई कांग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको दाबी गरे। देउवाले यस घटनालाई एक षड्यन्त्रको रूपमा व्याख्या गर्दै आन्दोलनको आवरणमा विशेष राजनीतिक दलका नेताहरूलाई लक्षित गरिएको आरोप लगाएका छन्।
उनले आन्दोलनको नाममा भएका यस्ता हिंसात्मक गतिविधि र तोडफोडका घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसको पछाडि योजनाबद्ध प्रयास रहेको संकेत गरेका छन्।
More politics
- बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँसNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामाNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar