Skip to main content
वातावरणRatopati

एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षति

Read the full story at Ratopati

एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षति

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माण क्षेत्रको अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जेन्सेन हुआङले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएका छन्। विवाहेत्तर सम्बन्धको आरोप सार्वजनिक भएसँगै उनले दिएको राजीनामाले सिलिकन भ्यालीदेखि क्यापिटल हिलसम्म ठूलो तरङ्ग पैदा गरेको छ।

हुआङको सम्बन्ध चिनियाँ जासुससँग रहेको आशंका सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले उनीमाथि छानबिन र सोधपुछको माग गरेका छन्। एआई प्रविधिको तीव्र विस्तारसँगै विश्वकै सर्वाधिक मूल्यवान् कम्पनीहरूको सूचीमा पुगेको एनभिडियाले यो प्रकरण सतहमा आएको पाँच दिनमै ५५० अर्ब अमेरिकी डलर बराबरको बजार मूल्य गुमाएको छ। हुआङको कदमले व्यावसायिक मर्यादा उल्लङ्घन गरेको मात्र नभई अमेरिकी राजनीतिज्ञहरूमाझ राष्ट्रिय सुरक्षा जोखिमको गम्भीर चिन्तासमेत जन्माएको छ।

सन् १९९३ देखि एनभिडियाको नेतृत्व सम्हाल्दै आएका हुआङले चिनियाँ गुप्तचर भएको आशंका गरिएकी एलिस हुआङसँग सम्बन्ध रहेको खबर आएपछि आफू श्रीमतीप्रति ‘विश्वासघाती’ बनेको स्वीकार गरेका थिए। त्यसलगत्तै बुधबार उनी एनभिडियाकै अर्की एक उच्च अधिकारीसँग पनि सम्बन्धमा रहेको तथ्य बाहिरियो। सिंगापुरस्थित कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङ चीनका लागि गुप्तचरीमा संलग्न रहेको आशंका गरिएको ‘द न्युयोर्क टाइम्स’ ले उल्लेख गरेको छ।