वातावरणOnlinekhabar (Nepali)
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ वर्षीय कार्यवाहक वडा अध्यक्ष भीमबहादुर बूढा घाइते भएका हुन् ।
बिहीबार दिउँसो करिब ४ बजेतिर सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा उनी घाइते भएका हुन् । पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ । जिल्ला अस्पतालका अनुसार घाइते कार्यवाहक वडा अध्यक्ष बूढाको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उनको अस्पतालमा उपचार भइरहेको छ ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुनेNagarik News
- पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाOnlinekhabar (Nepali)
- एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षतिRatopati
- नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रहRatopati