वातावरणNagarik News3 outlets covering
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने
Read the full story at Nagarik News

हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम सफा रहनेछ।
हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइतेOnlinekhabar (Nepali)
- पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाOnlinekhabar (Nepali)
- एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षतिRatopati
- नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रहRatopati