कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । युनाइटेडसँग हाल १ हजार १ सय १२ थान जहाज सञ्चालनमा छन् । २५ कात्तिक, काठमाडौं । संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी कुन होला ? हवाई यात्रुमात्र नभई अन्यका लागि पनि यो चासोको विषय हो । सन् २०२६ को पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो ।
युनाइटेडसँग हाल १ हजार १ सय १२ थान जहाज सञ्चालनमा छन् । दोस्रो स्थानमा अमेरिकाकै अमेरिकन एयरलाइन्स रहेको छ । अमेरिकनसँग १ हजार १३ जहाज छन् । तेस्रो स्थानमा पनि अमेरिकाकै डेल्टा एयरलाइन्स छ, जोसँग १ हजार ४ थान जहाज सञ्चालनमा छन् । यी तीन वायुसेवा संसारका यस्ता वायुसेवा हुन् जसले आफ्ना १ हजारभन्दा बढी जहाज आफैं सञ्चालन गर्छन् । बल्ल चौथो स्थानमा भने चीनको चाइना साउदर्न एयरलाइन्स रहेको छ ।
चाइना साउदर्नसँग हाल ८ सय ५० थान जहाज सञ्चालनमा छन् । तथ्यांक अनुसार अमेरिकन एयरलाइन्सले सबैभन्दा धेरै यात्रु बोक्छ, डेल्टा एयरलाइन्सले सबैभन्दा धेरै आम्दानी गर्छ भने युनाइटेड एयरलाइन्सले सबैभन्दा धेरै गन्तव्यमा उडान गर्छ । युनाइटेड एयरलाइन्ससँग अगस्ट २०२६ सम्म १ हजार १ सय ३५ जहाज सञ्चालनमा छन् । यो कम्पनी संसारमै सबैभन्दा धेरै जहाज भएको वायुसेवा हो । यसको रणनीति नै ठूलो आकार हुने हो ।
More politics
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar