गर्मीयामको जितपछि भारतका जेनजी आन्दोलनकारीसामु अनिश्चितताको शीतकाल
Read the full story at Ratopati

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गत जुलाईमा विद्यार्थी आन्दोलनकारीहरू खुसीले चिच्याइरहेका थिए । जेनजी आन्दोलनको दबाबका कारण केन्द्र सरकारका शिक्षामन्त्री शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पद छाड्नुपरेको थियो । त्यहाँ उपस्थित एक आन्दोलनकारीले मुस्कुराउँदै भनेका थिए, ‘यो युवाहरूको जित हो । ’ तर तीन महिनाभन्दा केही बढी समय बित्दा परिस्थिति नाटकीय रूपमा बदलिएको छ ।
अहिले विद्यार्थी आन्दोलनकारीहरूलाई भेला हुनसमेत गाह्रो भइरहेको छ । गत महिना मतदानको अधिकारको माग गर्दै जेनजी नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेका प्रदर्शनमाथि व्यापक प्रतिबन्ध लगाइयो । हजारौँ शान्तिपूर्ण प्रदर्शनकारीलाई नियन्त्रणमा लिइयो । गर्मी महिनामा भारतमा युवाहरूको गहिरो असन्तुष्टि र सामाजिक सञ्जालमा व्यंग्यात्मक अभिव्यक्तिबाट प्रेरित नयाँ विरोध आन्दोलन सुरु भएको थियो । यो आन्दोलन देशभर फैलियो ।
बलियो नेताको छवि बनाएका र खुला आलोचना वा व्यंग्यको सामना गर्न अभ्यस्त नरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आन्दोलन नियन्त्रण गर्न कठिन भयो । तर सरकारले पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप कठोर बनाउँदै लगेको छ । यसले आन्दोलनकारीको दबाबमा एकपटक झुक्नुपरेको घटनाबाट सरकारले पाठ सिकेको र सार्वजनिक सुव्यवस्थाको नाममा असहमतिका आवाज नियन्त्रण गर्न थालेको संकेत गर्छ ।
More politics
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar