अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही गरेको आरोप लगाउँदै हेगसेथलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । मंगलबार अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान भएको थियो ।
महाभियोग प्रस्तावलाई सिधै सदनमा अघि बढाउने वा न्यायिक समितिमा पठाउने भन्ने विषयमा मतदान हुँदा अधिकांश सांसदले समितिमा पठाउने पक्षमा मत दिएका थिए । मतदानमा २११ सांसदले प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा र २०४ जनाले विपक्षमा मतदान गरे । रिपब्लिकन पार्टीका झन्डै सबै सांसदले समितिमा पठाउने पक्षमा मतदान गरेका थिए । प्रस्तावक थोमस मेसीले भने फरक मत राखेका थिए । निर्णयपछि पेन्टागनमा ६ महिनापछि भएको पहिलो पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले आफूविरुद्धको महाभियोग प्रयासलाई मजाक र षड्यन्त्रको संज्ञा दिए ।
तर डेमोक्रेटिक पार्टीले भने यो विषय यहीँ समाप्त नभएको बताएको छ । प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता हाकिम जेफ्रिजले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्रै हो । ’ हाल अमेरिकी कांग्रेसका दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण छ ।
More politics
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar