केही नेवारहरू म्ह पूजा मनाउँदैनन्, उनीहरू यसलाई राज्यको एउटा अत्याचारसँग जोडेर हेर्छन्
Read the full story at Setopati

यो वाक्य सुन्नेबित्तिकै धेरैले मलाई अनौठो गरी हेर्छन्। त्यो हेराइ यति गहिरो हुन्छ, कहिलेकाहीँ त आफैलाई केही अपराध गरेजस्तो लाग्छ। यसअघि पनि मेरो पहिचानमाथि प्रश्न उठेको थियो। मैले आफ्नो थरको सन्दर्भ जोडेर 'म कसरी नेवा: हुँ' भन्ने लेख्नुपरेको थियो। अहिले म्ह पूजाको कुरा गर्दा उनीहरू 'के…ए…ए?' भन्ने भावमा टोलाएर हेर्छन्। म्ह भनेको नेपाल भाषामा शरीर।
म्ह पूजा अर्थात् आफ्नै शरीरको पूजा। नेवा: समुदायले हरेक वर्ष नेपाल संवतको नयाँ वर्षको दिन यो पूजा गर्छन्। यो पूजा सयौं वर्षदेखि नेवा: समाजमा चल्दै आएको छ। आफ्नै भाषा र लिपिजस्तै म्ह पूजा पनि नेवा: पहिचानको एउटा छुट्टै चिनारी मानिन्छ। 'म नेवा: हुँ' भनेर चिनाउँदा भाषा र लिपिपछि जोडिने अर्को विशेषता यही हो। त्यसैले जीवनभर म्ह पूजा नगरेको मलाई मानिसहरूले अनौठो मानेर हेर्नु स्वाभाविक हो।
उनीहरूका लागि यो सामान्य चाडपर्वभन्दा बढी नेवा: भएको प्रमाण जस्तै रहेछ। मेरो परिवारमा कसैले पनि आजसम्म म्ह पूजा गरेका छैनन्। मेरो जन्मथलो बोडे अनि ठिमी र नगदेशका धेरैले पनि पुस्तौंदेखि गरेका छैनन्। बूढापाकाहरू भन्छन्, किजा पूजा (भाइटीका) जत्तिको म्ह पूजा अनिवार्य होइन, नगरे पनि हुन्छ। उनीहरू खुलेरै 'यो गर्न कर छैन' भन्छन्। पहिले किसानहरू बाली भित्र्याउने बेला यति व्यस्त हुन्थे, म्ह पूजाको फुर्सद नै हुँदैनथ्यो।
More politics
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar