होर्मुजमा दुई तेल ट्याङ्करमा विस्फोट, समुद्री बारुदमा ठोक्किएको इरानको दाबी
Read the full story at Ratopati

तेहरान । इरानको रिभोलुसनरी गार्ड्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर समुद्री बारुदमा ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ । तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ ।
तर जहाजको नाम र उत्पत्तिबारे खुलाइएको छैन । फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुज जलडमरुमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ । अनुमति नलिएका जहाजमाथि आक्रमणसमेत भएको छ । यसैबिच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।
साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । पछिल्ला साताहरूमा जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ । शुक्रबार पनि ग्यास बोकेको एक जहाज समुद्री बारुदमा ठोक्किएको भन्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो ।
More business
- राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्नेNepal Khabar
- वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय 'डिस्टिङ्गुइस्ड करियर अवार्ड'Setopati
- भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेलNagarik News
- छठ नजिकिएसँगै कुलेश्वर बजारमा केराको व्यापार : भाडा बढेपछि मूल्य महँगियोRatopati
- सशस्त्रले चेक गर्न लाग्दा अटोबाट दुई युवक भागे, हवाई फायरसँगै नियन्त्रणमा लिएपछि पेस्तोल भेटियोBizmandu
- Southeast Asian leaders to meet as Trump visit highlights trade disruptionAl Jazeera