Skip to main content
अर्थतन्त्रNagarik News

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

Read the full story at Nagarik News

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरे ले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्। उनले पाँच ठाउँ चेकजाँच भएको गाडी क्षमताभन्दा बढी यात्रु राखेर कसरी त्यहाँसम्म पुग्यो भन्ने सवालमा यो सरासर सुरक्षाकर्मी अथवा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका हुन्। उनले सडक दुर्घटना प्रतिरोधी बनाउन सकियो भने चालकको सानो गल्ती पनि ठुलो दुर्घटना रोक्न सक्ने भनाइ राख्छन्। उनले नेपालका सडकहरू पूर्ण रूपमा सुरक्षित कुनै पनि नरहेको बताउँछन्। प्रस्तुत छ सडक सुरक्षाबारे नागरिकन्युज ले सभापति गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश: नेपालमा बर्सेनि धेरै दुर्घटना हुन्छन्।

करिब २५०० जना व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ। तर यो दुर्घटनाको दोष चालकलाई मात्र थुपारेर हामीलाई उम्किने छुट छैन। किनभने चालकको कारणले मात्र सबै दुर्घटना भएका होइनन्। हाम्रो सडक सुरक्षा भनेको एउटा सिस्टममा हेर्नुपर्छ। त्यो सिस्टममा सडक पूर्वाधार पर्छ।

त्यहाँ चल्ने सवारी साधन पर्छन्। त्यसपछि सडक प्रयोगकर्ता पर्छन्। त्यो सडक प्रयोगकर्तामा चालक पर्यो, सहचालक पर्यो, पैदलयात्री पर्यो, मोटरसाइकल यात्री पर्यो साइकल यात्री पर्यो र अन्य सडक प्रयोगकर्ता पर्यो त्यो मध्ये एउटा चालक पनि हो। त्यसपछि हाम्रो नियम कानुन कस्ता छन् नियम कानुनका लागु कसरी गरिएको छ?

In English

Chairman Gajurel: Security personnel and traffic police at fault for Bhimphedi accident

Ashish Gajurel, Chairman of the Infrastructure Development Committee, has alleged that there was a clear lapse by security personnel and traffic police in the vehicle accident at Bhimphedi. He stated that the fact that a microbus carrying more passengers than its capacity passed through five security checkpoints to reach the accident site indicates a serious error in traffic management. Gajurel mentioned that because Nepal's road network is not technology-friendly, manual checks alone cannot solve the problem, and that the low number of traffic police and the non-use of technology are the main causes of such accidents. He emphasized that road safety must be viewed as an integrated system encompassing infrastructure, vehicles, and users. Acknowledging that most roads in Nepal are not fully safe, he highlighted the need for road audits and gradual improvements. He informed that he has advised the government to adopt a technology-friendly transportation system and has instructed relevant agencies to take precautions to ensure such incidents do not recur in the future.

Machine translation — the original above is the story as filed.

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल · EkJhalak News