पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने
Read the full story at Ratopati

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु गरेको हो । विद्यालय तहका कक्षा १, २ र ४ का पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ र बिक्रीवितरण गर्न चाहने फर्म, संस्था तथा कम्पनीहरूका लागि नवीकरण तथा सूचीकरणसम्बन्धी प्रस्ताव आह्वान गरेको छ।
पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम प्रकाशित यस सूचनाअनुसार इच्छुक मुद्रक तथा वितरकहरूले तोकिएको फाराममा संस्थाको विस्तृत प्रोफाइल र आवश्यक विवरणहरू संलग्न गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। यस पटकको सूचीकरण प्रक्रियामा सहभागी हुन फर्म वा संस्था दर्ता प्रमाणपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, गत वर्षको आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नु अनिवार्य गरिएको छ।
साथै, पाठ्यपुस्तक भण्डारणका लागि कम्तीमा ५ हजार वर्ग फिट क्षमताको गोदाम, आवश्यक मेशिनरी उपकरणहरू जस्तै– छपाइ मेसिन,सिटिपि मेसिन, कटिङ तथा स्टिच मेसिन र पर्फेक्ट बाइन्डिङ मेसिनको स्वामित्व वा व्यवस्थापनसम्बन्धी स्पष्ट कागजात पेस गर्नुपर्नेछ। केन्द्रले तोकेको मापदण्डअनुसार पाठ्यपुस्तकको गुणस्तर, कागजको ग्रामेज, रङ, साइज तथा बाइन्डिङको अवस्थासमेत उच्च स्तरको हुनुपर्नेछ।
More business
- राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्नेNepal Khabar
- चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकरNepal Khabar
- How a bank collapse in Paraguay brought down the country’s President | ExplainedThe Hindu
- वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय 'डिस्टिङ्गुइस्ड करियर अवार्ड'Setopati
- भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेलNagarik News
- छठ नजिकिएसँगै कुलेश्वर बजारमा केराको व्यापार : भाडा बढेपछि मूल्य महँगियोRatopati