छठ नजिकिएसँगै कुलेश्वर बजारमा केराको व्यापार : भाडा बढेपछि मूल्य महँगियो
Read the full story at Ratopati

काठमाडौँ । आस्थाको पर्व छठ नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित थोक फलफूल बजारमा केराको कारोबार निकै बढेको छ। छठ पूजाका लागि केरालाई अनिवार्य र प्रमुख प्रसादका रूपमा लिइने भएकाले बजारमा बिहानैदेखि खरिदबिक्री गर्नेहरूको बाक्लो चहलपहल देखिन थालेको छ।
पर्वलाई लक्षित गर्दै व्यापारीहरूले देशका विभिन्न जिल्लाबाट राजधानीमा केरा भित्र्याइरहेका छन्। हाल कुलेश्वर बजारमा मकवानपुर, चितवन, नवलपरासी, कैलाली, बारा, सर्लाही, झापा, मोरङ तथा उदयपुरलगायतका जिल्लाहरूबाट स्थानीय उत्पादन आपूर्ति भइरहेको छ। विगत २० वर्षदेखि फलफूल व्यापारमा संलग्न डम्बरबहादुर बस्नेतका अनुसार यस पटक बजारमा मकवानपुरको बागमती गाउँपालिका र उदयपुरको कटारीलगायत क्षेत्रबाट उत्पादित नेपाली केराको उपलब्धता निकै राम्रो छ।
विगतका वर्षहरूमा भारतीय केराको सस्तो मूल्यका कारण नेपाली किसानले उत्पादन लागत उठाउन कठिनाइ भोग्नुपरेको स्मरण गर्दै बस्नेतले भने, ‘पहिले भारतीय उत्पादन सस्तोमा आउँदा स्वदेशी केराले बजार पाउनै कठिन थियो, अहिले भने आयात रोकिएकाले नेपाली किसानकै उत्पादनले राम्रो बजार पाएको छ। ’ उनका अनुसार छठका लागि उपभोक्ताले विशेष गरी साना आकारका केरा बढी रुचाउने गरेका छन्। यद्यपि, ढुवानी भाडा वृद्धि भएका कारण यसपालि केराको लागत मूल्य बढेको छ।
More business
- राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्नेNepal Khabar
- वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय 'डिस्टिङ्गुइस्ड करियर अवार्ड'Setopati
- भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेलNagarik News
- होर्मुजमा दुई तेल ट्याङ्करमा विस्फोट, समुद्री बारुदमा ठोक्किएको इरानको दाबीRatopati
- सशस्त्रले चेक गर्न लाग्दा अटोबाट दुई युवक भागे, हवाई फायरसँगै नियन्त्रणमा लिएपछि पेस्तोल भेटियोBizmandu
- Southeast Asian leaders to meet as Trump visit highlights trade disruptionAl Jazeera