Skip to main content
अर्थतन्त्रBizmandu

सशस्त्रले चेक गर्न लाग्दा अटोबाट दुई युवक भागे, हवाई फायरसँगै नियन्त्रणमा लिएपछि पेस्तोल भेटियो

Read the full story at Bizmandu

सशस्त्रले चेक गर्न लाग्दा अटोबाट दुई युवक भागे, हवाई फायरसँगै नियन्त्रणमा लिएपछि पेस्तोल भेटियो

काठमाडौं। सशस्त्र प्रहरीले मकवानपुरको हेटौंडाबाट पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार मध्यान्हमा हेटौंडा-१ चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं.

१४ गण मकवानपुर र सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा अटोबाट भाग्न खोजे। त्यसपछि ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसक्रममा प्रहरीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी-६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ छन्।

नियन्त्रणमा लिइएका दुवै जना, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने क्रममा छ। The post सशस्त्रले चेक गर्न लाग्दा अटोबाट दुई युवक भागे, हवाई फायरसँगै नियन्त्रणमा लिएपछि पेस्तोल भेटियो appeared first on BIZMANDU .