Skip to main content
अर्थतन्त्रNepal Khabar

राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने

Read the full story at Nepal Khabar

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा पनि 'रियल टाइम ग्रस सेटलमेन्ट' (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार यही कात्तिक ३० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त प्रणाली सञ्चालनमा रहनेछ।

सरकारले छठ पर्वको अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे तापनि भुक्तानी प्रणालीलाई निरन्तरता दिने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाएको हो। यस निर्णयले बिदाको समयमा पनि वित्तीय कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीमा कुनै अवरोध नआओस् भन्नका लागि बिदाको दिनमा पनि सेवा सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ। यसबाट सेवाग्राहीहरूले बिदाको दिनमा पनि आरटीजीएसमार्फत आफ्नो भुक्तानी सम्बन्धी कार्यहरू गर्न सक्नेछन्।

In English

Nepal Rastra Bank to operate RTGS system even on public holidays

Nepal Rastra Bank has decided to operate the 'Real Time Gross Settlement' (RTGS) system even on public holidays. According to the notice issued by the central bank, the system will remain operational from 9:00 AM to 3:00 PM on the upcoming 30th of Kartik. Although the government has decided to grant a public holiday on Monday, the day after tomorrow, on the occasion of the Chhath festival, the Rastra Bank has made this arrangement with the objective of ensuring continuity of the payment system. This decision is expected to facilitate financial transactions even during holidays. The Rastra Bank has stated that it has made arrangements to operate the service on holidays to ensure there is no disruption in the payment system. With this, service recipients will be able to carry out their payment-related tasks through RTGS even on holidays.

Machine translation — the original above is the story as filed.