भारत छिर्न लागेका दुई युवती नियन्त्रणमा
Read the full story at Thaha Khabar

कञ्चनपुरको गड्डाचौकी सीमानाका हुँदै भारततर्फ जान लागेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार सीमा नाकामा नियमित जाँच गर्ने क्रममा ती युवतीहरूलाई फेला पारेको हो।
प्रहरीका अनुसार मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे थप जानकारी लिनका लागि नियन्त्रणमा लिइएको हो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि र जोखिमपूर्ण यात्रालाई रोक्नका लागि सशस्त्र प्रहरीले विशेष निगरानी बढाएको छ।
नियन्त्रणमा लिइएका युवतीहरूको सुरक्षा र उनीहरू किन र कसरी सीमा पार गर्दै थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। सुरक्षा निकायले सीमा नाकामा हुने यस्ता शंकास्पद गतिविधिप्रति सचेत रहँदै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
In English
Two young women trying to enter India taken into custody
The Armed Police Force has taken into custody two young women who were trying to go towards India via the Gadachowki border post in Kanchanpur. A team from the Nepal Armed Police Force Border Security Group Gadachowki found these young women during a routine check at the border post on Friday. According to the police, they were taken into custody to gather more information about their safety and condition, considering the potential risk of human trafficking and the possibility of crossing the border in an unsafe manner. The Armed Police Force has increased special surveillance to prevent illegal activities and risky journeys in the border area. Further investigation is underway regarding the safety of the young women taken into custody and the issue of why and how they were trying to cross the border. Security agencies have stated that they are remaining vigilant about such suspicious activities at the border post and have tightened security arrangements.
Machine translation — the original above is the story as filed.
More politics
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar