Skip to main content
राजनीतिNagarik News2 outlets covering

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

Read the full story at Nagarik News

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मुसादिक मसुद मलिक आगामी साता भारतको नयाँदिल्ली भ्रमणमा जाने भएका छन्। विदेश मन्त्रालयका अनुसार उनी नोभेम्बर २० देखि २२ सम्म आयोजना हुने 'सांघाई सहयोग संगठन (एससीओ) सभ्यतासम्बन्धी संवाद'मा सहभागी हुनेछन्। सन् २०२५ मा कश्मीरमा भएको पर्यटक हत्याकाण्डपछि दुई देशबिच चार दिनसम्म चलेको सैन्य द्वन्द्वयता यो पहिलो उच्चस्तरीय भ्रमण हो।

उक्त द्वन्द्वमा ७० भन्दा बढीको ज्यान गएको थियो र भारतले पाकिस्तानमाथि आरोप लगाए पनि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो। सन् २०२३ को मे महिनापछि पाकिस्तानी मन्त्री भारत जान लागेको यो पहिलो पटक हो। पाकिस्तानले एससीओको ढाँचाभित्र रहेर आपसी सम्मान र जनस्तरको सम्पर्क विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

परमाणु हतियार सम्पन्न यी दुई छिमेकी राष्ट्रबिच लामो समयदेखि अविश्वास र तनाव कायम रहँदै आएको छ।

In English

Pakistani minister to visit India as relations cool

Pakistan's Minister for Climate Change, Musaddiq Masood Malik, is scheduled to visit New Delhi, India, next week. According to the Ministry of Foreign Affairs, he will participate in the 'Shanghai Cooperation Organisation (SCO) Civilizational Dialogue' to be held from November 20 to 22. This is the first high-level visit since the four-day military confrontation between the two countries following the tourist killing incident in Kashmir in 2025. More than 70 people lost their lives in that confrontation, and while India accused Pakistan, Pakistan denied it. This is the first time a Pakistani minister has traveled to India since May 2023. Pakistan has stated that it is committed to expanding mutual respect and people-to-people contact within the SCO framework. Long-standing mistrust and tension have persisted between these two neighboring nuclear-armed states.

Machine translation — the original above is the story as filed.

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री · EkJhalak News