अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
Read the full story at Onlinekhabar (Nepali)

यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय अनुभव रह्यो । सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल बेसक्याम्पसम्मको यात्रा प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्ने, स्थानीय मौलिक संस्कृति र न्यानो आतिथ्य अनुभव गर्ने अवसर बन्यो ।
साहस, धैर्य, आत्मविश्वास र आत्मीयताको वास्तविक अर्थ बुझ्ने संयोग पनि रह्यो । धनगढीबाट गोकुलेश्वरसम्म १६० किलोमिटर गाडीको यात्रामा छिचोलिएको पहाडी भूगोल, बदलिँदो प्राकृतिक दृश्य, मौसमी प्रणाली र बाटोमा भेटिने स्थानीय जीवनशैली मुग्ध तुल्यायो । हामी साँझ गोकुलेश्वर पुग्यौँ । त्यहाँको रात्रि विश्रामपछि भोलिपल्ट बिहानै लटिनाथतर्फ लाग्यौँ । त्यहाँ प्रसिद्ध तथा आस्थाको केन्द्र लटिनाथ मन्दिरमा दर्शन गर्यौँ ।
धार्मिक आस्था र आध्यात्मिक ऊर्जासँग जोडिएको यो सुरुवातले यात्रालाई थप उर्जावान बनायो । गाउँको ग्राभेल बाटो हुँदै मकारीगाढ पुग्यौँ । लटिनाथबाट घुसासम्मको करिब सात घण्टाको पदयात्रामा कहीँ उकालो, कहीँ भिरालो यात्रा गर्लै घुसासम्म पुग्यौं ।
More environment
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोडBizmandu
- खानी, विद्युत र वन तीनै क्षेत्रको रोयल्टी घट्यो, चार महिनामा २७ प्रतिशत कमीSetopati
- Air quality very poor in city; IIT Delhi records highest AQI of 428The Hindu
- गाजामा बाढीले ७० हजार अस्थायी घर डुबे, राहतको अनुमति दिन इजरायललाई अपिलDC Nepal
- छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्छ: प्रदेश प्रमुख कर्णNagarik News