Skip to main content
वातावरणRatopati

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

Read the full story at Ratopati

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले शनिबार बिहान करिब ३ बजेर ९ मिनेटमा अमेरिकी वायुसेनाका २७ वर्षीय क्याप्टेनलाई पक्राउ गरेको छ। ओकिनावा प्रिफेक्चरल प्रहरीका अनुसार, ती क्याप्टेन ओकिनावास्थित कादेना एयर बेसमा कार्यरत थिए। यो घटना अमेरिकी सैनिकबाट हुने अपराध नियन्त्रणका उपाय अपनाउन टोकियो र वासिङ्टन सहमत भएको एक साता नबित्दै भएको हो।

हाल जापानमा करिब ५४ हजार अमेरिकी सैनिक तथा कर्मचारी तैनाथ छन्। अमेरिकी अधिकारीहरूले तल्लो तहका सैनिकका लागि रात्रिकालीन कफ्र्यू डिसेम्बर ७ सम्म लम्ब्याएका छन् र मध्यरातदेखि बिहान ५ बजेसम्म घरबाहिर मदिरा सेवनमा प्रतिबन्ध लगाएका छन्। पक्राउ परेका क्याप्टेनले कफ्र्यू उल्लङ्घन गरे वा नगरेको भन्नेबारे स्पष्ट भइसकेको छैन।

यस घटनाबारे प्रतिक्रिया लिन कादेना एयर बेसका अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेको छैन।

In English

US Air Force Captain arrested in Japan for alleged drunk driving

On the island of Okinawa, Japan, police arrested a 27-year-old US Air Force captain at approximately 3:09 AM on Saturday on suspicion of driving under the influence of alcohol. According to the Okinawa Prefectural Police, the captain was stationed at Kadena Air Base in Okinawa. This incident occurred less than a week after Tokyo and Washington agreed on measures to control crimes committed by US military personnel. Currently, about 54,000 US troops and staff are stationed in Japan. US officials have extended a nighttime curfew for lower-ranking soldiers until December 7 and have banned the consumption of alcohol outside the home between midnight and 5 AM. It is not yet clear whether the arrested captain violated the curfew. Officials at Kadena Air Base could not be immediately reached for comment on this incident.

Machine translation — the original above is the story as filed.