Skip to main content
राजनीतिDC Nepal3 outlets covering

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

Read the full story at DC Nepal

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई स्वदेश फर्काउने अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ। सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसर पारेर नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेसनल एकेडेमीमा आयोजना गरेको यस महोत्सवको सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले अवलोकन गरेका छन्।

महोत्सवमा नेपालका हराएका र चोरी भएका पुरातात्विक महत्त्वका देवमूर्ति तथा सांस्कृतिक सम्पदाहरूको अवस्था र तिनलाई फिर्ता ल्याउने प्रक्रियाबारे जानकारी गराइएको छ। कूटनीतिक नियोगका प्रतिनिधिहरूले नेपालको सांस्कृतिक सम्पदा संरक्षण र फिर्ता ल्याउने अभियानमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

यस अभियानले नेपालको सांस्कृतिक गौरवलाई पुनर्स्थापित गर्न र अन्तरराष्ट्रिय मञ्चमा नेपालको सम्पदाको महत्त्वलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएका छन्।

In English

Ambassadors from various countries urge return of stolen deities to their homeland

The 'Malaai Ghar Ferkau' (Bring Me Home) festival has begun today in Bhaktapur with the aim of strengthening the campaign to return religious and cultural heritage items stolen from Nepal and taken to various countries around the world. The festival, organized by the Namuna Foundation at the Vocational Academy in Kamalbinayak on the occasion of the International Day against the Illicit Trade of Cultural Property, was observed by ambassadors and diplomatic representatives from seven countries. At the festival, information was provided regarding the status of Nepal's lost and stolen deities and cultural heritage items of archaeological significance, as well as the process of bringing them back. Representatives of diplomatic missions expressed their commitment to supporting Nepal's campaign for the conservation and repatriation of its cultural heritage. The organizers believe that this campaign will play a significant role in restoring Nepal's cultural pride and highlighting the importance of its heritage on the international stage.

Machine translation — the original above is the story as filed.