Skip to main content
राजनीतिSetopati

दोस्रो पटक आमा बन्न लागेकी कियाराको पहिरन चर्चामा, पुरानो तस्बिरसँग तुलना

Read the full story at Setopati

दोस्रो पटक आमा बन्न लागेकी कियाराको पहिरन चर्चामा, पुरानो तस्बिरसँग तुलना

बलिउड अभिनेत्री कियारा आडवाणी दोस्रो पटक आमा बन्न लागेकी छन्। गर्भावस्था बेला उनले टेलिभिजन कार्यक्रममा लगाएको पहिरन अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। निर्देशक तथा निर्माता करण जोहरको चर्चित कार्यक्रम 'कफी विथ करण' को नवौं सिजनमा कियारा आफ्ना पति तथा अभिनेता सिद्धार्थ मल्होत्रासँग सहभागी भएकी हुन्। मंगलबार सार्वजनिक गरिएको कार्यक्रमको प्रोमोमा कियारा रातो रङको पहिरनमा देखिएकी छन्।

उनको पेटमा चाँदीको ताराको आकृति राखिएको छ। भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार एक प्रशंसकले कियाराको अहिलेको पहिरनलाई सन् २०२५ को मेट गालामा उनले लगाएको पहिरनसँग तुलना गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए। मेट गालामा उनले भारतीय फेसन डिजाइनर गौरव गुप्ताले तयार पारेको विशेष पहिरन लगाएकी थिइन्। उक्त पहिरनमा सुनौलो रङका दुईवटा मुटुको आकृति थिए।

ती मुटुलाई गर्भनालको प्रतीकात्मक आकृतिले जोडिएको थियो। अहिले दोस्रो गर्भावस्थामा कियाराले लगाएको रातो पहिरनमा रहेको चाँदीको तारालाई एक प्रशंसकले पुरानै पहिरनको प्रतीकात्मक निरन्तरताका रूपमा व्याख्या गरेका छन्। एउटा प्रसंगमा कियाराले आफ्नो विवाह समारोहमा करण जोहरले गरेको नृत्य सम्झाएकी छन्। करणसँग नाच्न आएका अभिनेता शाहिद कपुरलाई उनले मञ्चबाट धकेलेको भन्दै कियाराले ठट्टा गरेपछि कार्यक्रममा हाँसो छाएको देखिन्छ।