Skip to main content
अर्थतन्त्रBizmandu

टिकट सोल्डआउटको उत्साहबीच टीयू पिचको समस्या, एनपीएलमा ब्याटिङ किन कठिन?

Read the full story at Bizmandu

काठमाडौं। टी–२० फ्रेन्चाइज क्रिकेट मैदानमा ब्याट र बलबीचको प्रतिस्पर्धा मात्रै होइन, यो मनोरञ्जन, उत्सव र व्यावसायिक गतिविधिको संगम पनि हो। तीन घण्टाको खेलमा दर्शकले खोज्ने रोमाञ्च, चौका–छक्काको वर्षा, खेलाडीको प्रदर्शन र स्टेडियमको माहोलले यसलाई अन्य क्रिकेट प्रारूपभन्दा फरक बनाउँछ। तर, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही रोमाञ्चको एउटा महत्त्वपूर्ण पक्ष कमजोर देखिन थालेको छ।

मैदानमा दर्शकको उत्साह र फ्रेन्चाइज क्रिकेटको ग्ल्यामर बढिरहेका बेला ब्याटिङका लागि पिच चुनौतीपूर्ण बन्दै गएको छ। एनपीएलमा अहिले हरेक दिनजसो टिकट सोल्डआउट भइरहेका छन्। क्रिकेट नियमित हेर्ने दर्शक मात्रै होइन, पहिलो पटक स्टेडियम पुग्नेहरू पनि उत्तिकै उत्साहित देखिन्छन्। खेलको प्राविधिक पक्ष धेरै नबुझे पनि मैदानको माहोल, संगीत, खेलाडीको प्रवेश र दर्शकको हुटिङले उनीहरूलाई आकर्षित गरिरहेको छ।

यसले एनपीएल क्रिकेटको प्रतिस्पर्धाभन्दा बाहिर गएर एउटा मनोरञ्जनात्मक उत्सवको स्वरूप लिन थालेको देखाउँछ। पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलसँग जोडिने ब्रान्डको संख्या बढेको छ। खेलसँगै प्रायोजन, विज्ञापन, टिकट बिक्री र मैदान आसपासका आर्थिक गतिविधि पनि विस्तार हुँदै गएका छन्। यसपालि तिहारको लक्ष्मीपूजा र भाइटीकाको अघिल्लो दिनसमेत खेल हेर्न दर्शकको उत्साह घटेन।