बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्ट
Read the full story at Nepal Khabar

आउने डिसेम्बर बंगलादेश फर्कने योजनामा रहेकी उनले राहदानीका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित बंगलादेश दूतावासमार्फत आवेदन दिएकी हुन्। उनका वकिलले सोमबार लन्डनमा बंगलादेशका शीर्ष कूटनीतिज्ञलाई पनि इमेल गरेर हसिनाका लागि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न अनुरोध गरेका छन्। विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै हसिना हसिना २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भारत भागेकी थिइन्।
त्यसयता उनी भारतमै लुकेर बसेकी छन्। उनका अनुसार सरकारले हसिनाको राष्ट्रिय पहिचानका कागजात खारेज गरेको छ। अब उनी बंगलादेशी नागरिकका रूपमा आफ्नो अधिकार पुन: प्राप्त गर्न चाहन्छिन्।
१७ नोभेम्बर २०२५ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनलाई २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा गरेको भन्दै दोषी ठहर गरेको हो। संयुक्त राष्ट्र संघका अनुसार बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो।
More politics
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar