Skip to main content
राजनीतिRatopati2 outlets covering

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

Read the full story at Ratopati

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा आज स्वीकृत गर्दै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।

संविधानको धारा १६८ को उपदफा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आज प्रदेश प्रमुखले आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न समय सीमा तोकेको छ ।

In English

Call for claims to form new government in Madhesh Province

Janakpur Dham. The process of forming a new government in Madhesh Province has advanced following the resignation of Chief Minister Krishna Prasad Yadav. The office of the Provincial Chief has called upon a Provincial Assembly member who can muster a majority to submit a claim for the appointment of the Chief Minister, in accordance with Article 168, Subsection (2) of the Constitution. Provincial Chief Surendra Labha Karna accepted the resignation submitted by Chief Minister Yadav today, in accordance with Article 169, Subsection (1), Clause (a) of the Constitution of Nepal, and has initiated the process of forming a new government. In accordance with Article 168, Subsection 2 of the Constitution, the Provincial Chief has called upon a Provincial Assembly member who can secure a majority with the support of two or more parties represented in the Provincial Assembly to submit their claim for the purpose of appointment as Chief Minister.

Machine translation — the original above is the story as filed.

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान · EkJhalak News