दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ । कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध र पर्यटन प्रवद्र्धन गर्ने विषयमा मन्त्री पौडेलसँग फलदायी विचार आदानप्रदान भएको दूतावासले जनाएको छ । त्यस्तै, पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल भएको छ ।
बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्ने विषयमा मन्त्री लम्सालसँग छलफल भएको छ ।
More politics
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारीNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- सुदूरपश्चिमको धारिलो बलिङ सामना गर्दै काठमाडौं (तस्बिरहरू)Nepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar