जब ३०० रुपैयाँको खानाले रातभर उठबस गरायो!
Read the full story at Setopati

लामो मेहनत पछिको परीक्षा थियो। जाऊँ कि नजाऊँ भन्ने दोसाधमा नै थिएँ। तर सफलताको खोजी र बेरोजगारी जिन्दगीका अघि जानैपर्ने बाध्यता थियो। प्लेनमा जानका लागि महँगो शुल्क हामी निम्न वर्गीयका लागि सुहाउने कुरै भएन। अनि त नाइट बस नसमाती नहुने भयो। बसपार्क पुगेँ र टिकट काटेँ। टिकट काट्दा महँगोमा परिएछ। यात्रु नपुग्ने भएपछि बाहिर बाहिरै बार्गेनिङ हुँदो रहेछ। आफू सोझो परियो थाहा नै भएन।
दिउँसोको ३ बजे गुडाउने भनेर गाडी त ४-५ त्यही बजायो। त्यसपछि भने कुदायो तर पनि लोकल मान्छेहरू हाल्ने र झार्ने क्रममा भाडामा किचकिच गर्न रोकिएको थिएन। कोहलपुर झरेपछि गर्मी बढ्यो तर एसी भने नामको मात्र रहेछ। सबैले झ्याल खोल्न थाले। कोही उल्टी गर्न थाले कोही निदाउन थाले। गाडीमा लगाइएको फिल्मतिर कसैको ध्यान थिएन। एक्कासि गाडी गएर नवलपरासीतिर रोकियो। बिउँझिएर घडी हेरेँ। रातको ११ बजेको रैछ।
११ बजे कसलाई चाहिँ भोक लाग्नु र? तर सबैजना बिउँझिए किनकि २० मिनेटभित्र खाना खाएर बसभित्र छिरिसक्नु पर्ने आदेश जो थियो। तर शौचालयको लाइनले नै २० मिनेट खाला जस्तो थियो। दुर्गन्ध उस्तै त्यसमाथि ५-१० रुपैयाँ बाकसमा राखिदिनुपर्ने। न सफा गरेको छ, न साबुन राम्रो राखेको छ पैसा असुल्न भने खप्पिस थिए त्यहाँका मानिस। खाना खाने कि भोकै बस्ने भन्दाभन्दै खाना खाने निचोडमा जसोतसो पुगियो। किनकि खाना नखाए भोलि बिहानको परीक्षामा भोक लाग्ने डर थियो।
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar