Skip to main content
अर्थतन्त्रNepal Khabar

शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपी

Read the full story at Nepal Khabar

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फायल खोलेर चर्चामा आएका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी अनपेक्षित रुपमा प्रहरी नेतृत्वमा पुग्न सफल भएका छन्। सरकारले डेढ वर्ष सेवा अवधि बाँकी हुँदै दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाएको हो।

२०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका केसी २०७९ मा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढ्दा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। बुधबार आईजीपीबाट हटाइएका दानबहादुर कार्की त्यतिबेला काठमाडौँ प्रहरी प्रमुख थिए।