समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता
Read the full story at Nepal Khabar

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन्। त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जनाको बचतकर्ताको आंशिक बचत रकम फिर्ता दिएका हुन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयकाअनुसार सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। आगामी दिनमा पनि बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गरिने जानकारी दिइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ।
रासस
More business
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानीसँग जोडेर अर्थतन्त्रको आधार बनाउनुपर्छ : विराजभक्त श्रेष्ठBizmandu
- Supreme Court upholds States’ power to levy additional sales tax, says case has become academicThe Hindu