इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलास
Read the full story at Nepal Khabar

इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशको संवाद देखिएका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयाल समेतसँग मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विषय बाहिरिएका थिए। म्यासेज बाहिरिएपछि न्यायाधीश फुयालले भेटेको पनि स्वीकार गरेका छन्। सापकोटाले म्यासेजमा प्रधानन्यायाधीश शर्माको पनि नाम लिएका थिए।
शर्मा भने आफ्नो नाम जोडिनासाथ मुद्दाको सुनुवाइमा सहभागी छैनन्। प्रधानन्यायाधीश अरु इजलासमा बसेका छैनन् भने उनकै नेतृत्वमा हुने संवैधानिक इजलासमा पनि बसेको छैन। संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ। तर दुई सातायता संवैधानिक इजलास बसेको छैन। यसअघि संवैधानिक इजलास हरेक बुधबार बस्दै आएको थियो।
पछिल्लो पटक असोज २१ गते न्यायाधीश फुयाललाई राखेर इजलास गठन गरिएको थियो। तर त्यो दिन न्यायाधीश फुयालका कारण इजलास बस्न सकेन। प्रधानन्यायाधीश र न्यायाधीशहरूले भने सापकोटासँगको कनेक्सन अस्वीकार गरेका छन्। सापकोटालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
More business
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- विगतको आत्मसमीक्षा बिना एमालेको आगामी यात्रा सम्भव छैन: महासचिव शंकर पोखरेलDC Nepal
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताThaha Khabar
- Land Revenue Office official arrested with Rs 100,000 bribe in SarlahiOnlinekhabar English
- डोनाल्ड ट्रम्पको घोषणा: यस वर्षपछि इजरायललाई दिइने आर्थिक सहायता बन्द गरिनेDC Nepal