Skip to main content
अर्थतन्त्रBizmandu

स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत रुग्ण ठेक्का १९ वटा, ६ वटाको सम्झौता तोडिने

Read the full story at Bizmandu

काठमाडौं। स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतका १९ मध्ये ६ वटा ठेक्काको सम्झौता तोडिने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार विभागबाट सञ्चालित आयोजना तथा कार्यक्रमको समीक्षा बैठक राखेर प्रगतिको सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्काको सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।

‘विभाग अन्तर्गतका १९ वटा रुग्ण ठेक्कामध्ये प्रगतिको सम्भावना नरहेका ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छौं,’ उनले भने। उनका अनुसार मन्त्रालयको निरन्तर निगरानी र सहजीकरणपछि ६ वटा आयोजना सम्पन्न भएका छन् भने थप ५ वटा आयोजनाको निर्माण कार्य अघि बढेको छ। मन्त्री लम्सालले स्थानीय पूर्वाधार निर्माण सम्बन्धी कार्ययोजना संशोधन गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका छन्।

The post स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत रुग्ण ठेक्का १९ वटा, ६ वटाको सम्झौता तोडिने appeared first on BIZMANDU .