Skip to main content
खेलकुदBizmandu

विराटनगरमाथिको थ्रिलर जितले लुम्बिनी क्वालिफायरमा, प्लेअफ खेल्ने सबै टोलीको लाग्यो टुंगो

Read the full story at Bizmandu

विराटनगरमाथिको थ्रिलर जितले लुम्बिनी क्वालिफायरमा, प्लेअफ खेल्ने सबै टोलीको लाग्यो टुंगो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ खेल्ने चारवटै टोलीको टुंगो लागेको छ। प्रतियोगितामा आज सम्पन्न खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई अन्तिम ओभरमा हराउँदा चारवटै प्लेअफ खेल्ने टोलीको टुंगो लागेको हो। लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन्। लुम्बिनीले भने शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ। क्वालिफायरमा जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउँछ। लुम्बिनीका कप्तान रोहित पौडेलको एग्रेसन आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको उत्रिएको लुम्बिनीले अन्तिम बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ४ विकेटको जित निकालेको हो। थ्रिलर खेलको अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि १६ रन चाहिएको थियो। बलिङमा रुपेश सिंह आए। क्रिजमा थिए अलि शेख र सन्दीप जोरा। पहिलो डेलिभरीमा शेखले नोबलमा छक्का प्रहार गर्दा लुम्बिनीले ७ रन जोड्यो। फ्रि हिटमा शेखले दुई रन जोडे। दोस्रो बलमा एक रन जोड्दा स्ट्राइकमा जोरा आए।

तेस्रो बलमा जोराले पनि १ रन जोडे। चौथो बलमा छक्का हान्ने सुरमा शेख बाउन्ड्री नजिक क्याचआउट हुन पुगे। अब, अन्तिम दुई बलमा लुम्बिनीलाई ५ रन चाहिएको थियो। तर, रुबेन ट्रम्पलमेनले छक्का प्रहार गर्दै लुम्बिनीलाई जिताए। अन्तिम बाउन्ड्री।