एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो
Read the full story at Nagarik News

विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै सकिएको हो। यससँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि दौडलाई निरन्तरता दिएका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने समूह चरणबाटै बाहिरिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनरद्वय डार्सी शर्ट र आसिफ शेखले समान ४५–४५ रनको योगदान दिए। अलि शेखले २७ रन बनाए भने सन्दीप जोराले अविजित २५ रन जोडे। जोराले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै लुम्बिनीको इनिङ्सलाई जिततर्फ अघि बढाए। अन्तिम समयमा रुवेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए।
विराटनगरका लागि अपराजित पौडेलले २ विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन बनाए।
More sports
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्योOnlinekhabar (Nepali)
- एक–दुई बाउन्ड्रीले खेलको मुहार फेरियो : सन्दीप जोराRatopati
- एनपीएलको प्लेअफ समीकरण पूरा : विराटनगर बाहिरियो, चार टोलीको टुङ्गोDC Nepal
- अन्तिम ओभरमा ट्रम्पलम्यानको छक्का, लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरिँदा दुई टोली प्लेअफमाSetopati
- Spain vs England: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera