Skip to main content
खेलकुदRatopati

एक–दुई बाउन्ड्रीले खेलको मुहार फेरियो : सन्दीप जोरा

Read the full story at Ratopati

एक–दुई बाउन्ड्रीले खेलको मुहार फेरियो : सन्दीप जोरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । जितपछि लुम्बिनीका ब्याटर सन्दीप जोराले टी–२० क्रिकेटमा एक–दुई बाउन्ड्रीले नै खेलको अवस्था परिवर्तन गर्न सक्ने बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जोराले टी–२० क्रिकेटमा मोमेन्टम निकै महत्त्वपूर्ण हुने बताए । विराटनगरसँग एक समय ३३ रनको अवस्थामा दबाबमा रहेको लुम्बिनीले केही राम्रा सट खेलेपछि खेल आफ्नो पक्षमा फर्किएको उनको भनाइ छ ।

‘हामीबिच एक–दुई बाउन्ड्री आयो भने खेल सहज हुन्छ भन्ने कुरा भइरहेको थियो । किनभने त्यसपछि मोमेन्टम हाम्रो पक्षमा आउँछ । टी–२० क्रिकेट भनेकै मोमेन्टमको खेल हो,’ उनले भने । खेलका क्रममा विराटनगरले रनआउटको महत्त्वपूर्ण अवसर गुमाएको प्रसंगमा पनि जोराले प्रतिक्रिया दिए । उनका अनुसार क्रिकेटमा सानो अन्तरले पनि खेलको नतिजा परिवर्तन हुन सक्छ ।

यस संस्करणमा आफूले मध्यक्रममा आएर इनिङ्स सम्हाल्ने र अन्त्यसम्म खेल्ने जिम्मेवारी पाएको उनले बताए । गत संस्करणमा ओपनिङ गरेका जोराले यसपटक आसिफ शेखले सुरुवातमा ब्याटिङ गरिरहेको र आफूलाई आफ्नो भूमिका स्पष्ट रहेको बताए । ‘गत वर्ष ओपनिङ गर्नुपरेको थियो। यसपटक आसिफ हुनुहुन्छ, त्यसले सहज भएको छ । प्रशिक्षक र कप्तानले दिएको जिम्मेवारीबारे म स्पष्ट छु ।